भारतको सर्वोच्च अदालतले मोदी बारे बनाइएको बीबीसी डकुमेन्ट्रीको लिंक हटाउने विषयमा सुनुवाइ गर्ने
सोमबार, १६ माघ २०७९, १२ : ३८
सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको बीबीसी वृत्तचित्रको लिङ्कमा केन्द्रको प्रतिबन्धलाई चुनौती दिने याचिकामा फेब्रुअरी ६ मा सुनुवाइ गर्ने बताएको छ ।
सर्वोच्च अदालतले सोमबार भन्यो, ‘हामीहरु फेब्रुअरी ६ मा पत्रकार एन राम र वरिष्ठ अधिवक्ता प्रशान्त भूषण र अन्यको तर्फबाट बीबीसी डकुमेन्ट्रीको लिङ्कसहित उनीहरूको ट्वीट हटाउने बिरूद्ध दायर गरेको याचिकामा सुनुवाई गर्नेछौँ ।’
एन राम र प्रशान्त भूषणको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता चन्द्र उदय सिंहले प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको इजलासमा मुद्दा प्रस्तुत गर्दै पत्रकार एन राम र प्रशान्त भूषणको ट्वीट कसरी आपतकालीन शक्ति प्रयोग गरेर मेटाइयो भन्ने कुरा बताए ।
यस बाहेक उनले अजमेरका विद्यार्थीहरूबारे पनि कुरा उठाए जसलाई डकुमेन्ट्रीको स्क्रिनिङ गर्ने कोसिसका कारण निलम्बन गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण