रोडिजको पाँचौं सिजनमा भित्रिए सुरजसिंह ठकुरी
काठमाडौँ । हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीले गर्ने भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । आउँदो वैशाखदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुने पाँचौं हिमालय रोडिजको नयाँ सिजनका लागि आज (सोमवार) बाट नै शोको डिजिटल अडिशन खुला गरिएको छ । कार्यक्रममा बोल्दै प्रस्तोता ठकुरीले आफूले फ्रेन्चाइज शोमा पनि काम गर्ने चाहना राखेपनि अहिलेसम्म पूरा नभएको र रोडिजमार्फत पूरा हुन लागेकोमा खुशी व्यक्त गरे ।
उनले रोडिजमा आफ्नो अहिलेसम्मको टेलिभिजन यात्राको अनुभवलाई झनै परिष्कृत बनाएर प्रस्तुत गर्ने बताए । उनले रोडिजले हरेक वर्ष एउटा नयाँ प्रतिभालाई जन्माउने भएकाले यो क्याम्पियनमा सहभागी बन्न पाउँदा खुशी लागेको बताए । कार्यक्रमको निर्देशन सिमोस सुनुवारले गर्नेछन् । रोडिजलाई देशलाई सुहाउने किसिमले मात्रै प्रस्तुत गरिने प्रतिवद्धता जनाए । निर्देशक सुनुवारले रोडिजलाई टेलिभिजनबाट प्रश्तुत गर्न मिल्नेसम्मको अंशहरु प्रस्तुत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण