बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

मङ्गलबार, १७ माघ २०७९, १६ : ११
मङ्गलबार, १७ माघ २०७९

पाकिस्तानको पेशावर सहरको पुलिस लाइन मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । बीबीसी उर्दू रिपोर्टका अनुसार अस्पतालमा ल्याइएका सबैको पहिचानको काम सकिएको छ ।

हाल पेशावरको लेडी रिडिङ अस्पतालमा ५७ घाइतेको उपचार भइरहेको छ । १ सय ५७ घाइतेलाई अस्पताल ल्याइएको थियो, जसमध्ये अधिकांशलाई उपचारपछि घर पठाइएको छ ।

रेस्क्यू ११२२ पेशावरका अनुसार मस्जिद भवनको भग्नावशेषमा कोही पनि फसेका छैनन् । विस्फोटपछि सुरु भएको अभियानमा भग्नावशेषबाट २४ जनाको शव निकालिएको र नौ जनाको जीवितै उद्धार गरिएको उद्धार संस्थाका अधिकारीहरूले बताएका छन् ।

अहिले भग्नावशेष हटाउने काम अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन् ।

अर्कोतर्फ, भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘भारतले हिजो पेशावरमा भएको आतङ्कवादी हमलामा मारिएकाहरूका परिवारप्रति संवेदना व्यक्त गर्दछ । हामी यस हमलाको कडा निन्दा गर्दछौँ जसले धेरैको ज्यान लियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप