पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो
पाकिस्तानको पेशावर सहरको पुलिस लाइन मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । बीबीसी उर्दू रिपोर्टका अनुसार अस्पतालमा ल्याइएका सबैको पहिचानको काम सकिएको छ ।
हाल पेशावरको लेडी रिडिङ अस्पतालमा ५७ घाइतेको उपचार भइरहेको छ । १ सय ५७ घाइतेलाई अस्पताल ल्याइएको थियो, जसमध्ये अधिकांशलाई उपचारपछि घर पठाइएको छ ।
रेस्क्यू ११२२ पेशावरका अनुसार मस्जिद भवनको भग्नावशेषमा कोही पनि फसेका छैनन् । विस्फोटपछि सुरु भएको अभियानमा भग्नावशेषबाट २४ जनाको शव निकालिएको र नौ जनाको जीवितै उद्धार गरिएको उद्धार संस्थाका अधिकारीहरूले बताएका छन् ।
अहिले भग्नावशेष हटाउने काम अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन् ।
अर्कोतर्फ, भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘भारतले हिजो पेशावरमा भएको आतङ्कवादी हमलामा मारिएकाहरूका परिवारप्रति संवेदना व्यक्त गर्दछ । हामी यस हमलाको कडा निन्दा गर्दछौँ जसले धेरैको ज्यान लियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण