सम्भावित ठुलो आतङ्ककारी हमलालाई पाकिस्तानी प्रहरीले असफल तुल्यायो
पाकिस्तान । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।
मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठुलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ । पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पुर्याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठुलो मानवीय क्षति हुनबाट जोगाएको बताए ।
सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास गरेका थिए र प्रहरीले यसैगरी असफल तुल्याएको थियो । त्यसैले यस पटक आतङ्ककारीहरु ठुलो संख्यामा आएका बताइएको छ । रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण