२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली
बुधबार, १८ माघ २०७९, १४ : १७

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले दाङदेखि रोल्पा पुग्ने सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले दाङ सल्यान हुँदै रुकुम मुसिकोट सडक २०३६ सालमा उद्घाटन भएर २०४० सालमा राप्ती राजमार्ग भनेर घोषणा भए पनि सडकको अवस्था नाजुक रहेको बताइन् ।
उनले हालसम्म पनि सो सडक अलपत्र रहेको भन्दै सडक दुर्घटनामा परि सयौँको मृत्यु भएको बताइन् । उनले यसबारेमा भौतिक पूर्वाधार मन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम