पाकिस्तानले गर्यो १२० गैरकानुनी अफगानी नागरिककाे रिहा
पाकिस्तान । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ ।
इस्लामाबादस्थित तालिबानशासित अफगानिस्तानको दूतावासले यसअघि सिन्धमा बन्दी बनाएका एक सय २० जना अफगान नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो ।
गत मंगलबार करिब एक सय ३० अफगान बन्दीहरूलाई रिहा गरिएको थियो । यस घोषणाअनुसार आगामी दिनमा थप अफगान नागरिकलाई रिहा गरिने छ ।
यसअघि दूतावासले पाकिस्तानी जेलबाट १३ सय अफगान शरणार्थी रिहा भएको घोषणा गरेको थियो ।
पाकिस्तानी अधिकारीहरुकाअनुसार, एक विशेष अपरेसनको क्रममा प्रहरीले कानुनी आवासीय अनुमति ९भिसा० नभएको कारण पाकिस्तानभर महिला र बालबालिका सहित १२ सयभन्दा बढी अफगान नागरिकलाई पक्राउ गरी जेलमा हालेको पाकिस्तानमा रहेको अफगान दूतावासले पुष्टि गरेको छ ।
करिब १५ सय कागजातविहीन अफगान शरणार्थीहरू अझै पनि पाकिस्तानको जेलमा छन् र तिनीहरूको रिहाईको लागि प्रयास भइरहेको बताइएको छ ।
प्रतिवेदनले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर)को रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ कि हाल पाकिस्तानमा करिब १३ लाख वैध अफगान शरणार्थीहरू बसोबास गरिरहेका छन् ।
तर हजारौं अवैध अफगान आप्रवासीहरू पनि पाकिस्तानका विभिन्न भागहरूमा बसोबास गरिरहेका छन् भन्ने अनुमान गरिएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण