बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले गर्‍यो १२० गैरकानुनी अफगानी नागरिककाे रिहा

बिहीबार, १९ माघ २०७९, १५ : ०३
बिहीबार, १९ माघ २०७९

पाकिस्तान । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ ।  

इस्लामाबादस्थित तालिबानशासित अफगानिस्तानको दूतावासले यसअघि सिन्धमा बन्दी बनाएका एक सय २० जना अफगान नागरिकलाई रिहा गर्ने घोषणा गरेको थियो । 

गत मंगलबार करिब एक सय ३० अफगान बन्दीहरूलाई रिहा गरिएको  थियो । यस घोषणाअनुसार आगामी दिनमा थप अफगान नागरिकलाई रिहा गरिने छ । 

यसअघि दूतावासले पाकिस्तानी जेलबाट १३ सय अफगान शरणार्थी रिहा भएको घोषणा गरेको थियो ।

पाकिस्तानी अधिकारीहरुकाअनुसार, एक विशेष अपरेसनको क्रममा प्रहरीले कानुनी आवासीय अनुमति ९भिसा० नभएको कारण पाकिस्तानभर महिला र बालबालिका सहित  १२ सयभन्दा बढी अफगान नागरिकलाई पक्राउ गरी जेलमा हालेको पाकिस्तानमा रहेको अफगान दूतावासले पुष्टि गरेको छ ।

करिब १५ सय कागजातविहीन अफगान शरणार्थीहरू अझै पनि पाकिस्तानको जेलमा छन् र तिनीहरूको रिहाईको लागि प्रयास भइरहेको बताइएको छ ।  

प्रतिवेदनले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर)को रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ कि हाल पाकिस्तानमा करिब १३ लाख वैध अफगान शरणार्थीहरू बसोबास गरिरहेका छन् ।

तर हजारौं अवैध अफगान आप्रवासीहरू पनि पाकिस्तानका विभिन्न भागहरूमा बसोबास गरिरहेका छन् भन्ने अनुमान गरिएको छ । (रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप