शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुन्डाईको न्यु फेसलिफ्ट भेन्यु : यस्ता छन् गाडीका विशेषता

बिहीबार, १९ माघ २०७९

काठमाडौँ । लोकप्रिय ब्रान्ड हुन्डाईले नेपाली बजारमा अपग्रेट भर्सनको फेसलिफ्ट न्यु भेन्यु उतारेको छ । नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै बजारमा ‘न्यु स्टाइल, न्यु स्टेटमेन्ट’ स्लोगनको साथ भेन्यु फेसलिफ्ट सार्वजनिक गरेको हो । 
उसो त न्यु फेसलिफ्ट भेन्यु यसअघि नै नेपाली बजारमा भित्रिइसकेको भेन्युको अपग्रेट भर्सन हो । कम्पनीले पहिलो पटक सन् २०१९ मा भेन्यु नेपाली बजारमा उपलब्ध गराएको थियो । हुन्डाई भेन्यु सोही सेग्मेन्टमा सफल मोडल मानिन्छ । यसै सिलसिलामा पहिलो पटक फेसलिफ्ट भएर आएको न्यु भेन्यु आकर्षक साजसज्जा (डिजाइन)सहित उत्कृष्ट पावर पिकअप र उच्च क्षमतामा आएको कम्पनीको दाबी छ । 

गाडीमा अपनाइएको थप उच्च सुरक्षा रणनीतिका कारण न्यु भेन्युले विश्व बजारमा नै आफ्नो छुट्टै पहिचान बनाउनसमेत सफल भएको छ ।

न्यु भेन्युको विशेषता
फेसलिफ्ट भेन्युको अग्र भाग र पछाडिको भाग दुवैतर्फको डिजाइन परिवर्तन गरिएको छ । गाडीको पछाडि कनेक्टिङ एलईडी टेल लाइट दिएको छ । अगाडि प्यारामेटिक डार्क क्रोम ग्रिल, नयाँ डिजाइनको स्किड प्लेटले यसको स्पोर्टिनेसलाई थप निखारता प्रदान गरेको कम्पनीको भनाइ छ ।

328465991_892051682017071_5012599156599197618_n (1)
नयाँ डिजाइनका डायमन्ड कट अलोय ह्विल, एलईडी प्रोजेक्टर ल्याम्प, प्याडल ल्याम्प, सार्क फिन एन्टेना, रुफरेल जस्ता आधुनिक फिचरले गाडीको लुक्स निकै प्रिमियम देखाएको छ ।
नयाँ भेन्युमा फराकिलो बनावट र दुई कलरको इन्टेरियर पाउन सकिन्छ । ठूलो बुट स्पेस, ६०ः४० मा फोल्ड गर्न मिल्ने स्प्लिट सिट, रियर आमरेस्ट, चार्जिङ पोर्ट, वायरलेस चार्जर, स्मार्ट सनरुफ, ड्युल जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर न्यु भेन्युमा उपलब्ध छ ।
साथै न्यु भेन्युमा यम्बियन्ट साउन्ड अफ नेचरको रूपमा नयाँ अडियो फिचरसमेत समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ अनुभवलाई थप रोमाञ्चकता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

इन्जिन क्षमता, पावर पिकअप
१.० एल टर्बो इन्जिन र १.२ एल पेट्रोल इन्जिनमा उपलब्ध फेसलेफ्ट न्यु भेन्युमा ५ स्पिड म्यानुयल र ७ स्पिड डीसीटी गियरबक्स पाउन सकिन्छ । १.० एल कप्पा टर्बो इन्जिन उपलब्ध गाडीले ६००० आरपीएममा १२० पीएसको उच्च पावर प्रादान गर्दछ भने १५०० देखि २७५० को आरपीएममा २४० एनएमको टक्र्यु उत्सर्जन गर्दछ । जसमा ६ स्पिडको म्यानुअल ट्रान्मिसन गेयर प्रदान गरिएको छ ।

यस्तै १.२ एल पेट्रोल इन्जिनमा उपलब्ध भेन्यूले ६००० आरपीएममा ८३ पीएसको अधिकतम पावर प्रदान गर्दछ भने ४००० आरपीएममा ११४ एनएमको टक्र्यु उत्सर्जन गर्ने सामथ्र्य राख्छ । यसमा ५ स्पिडको म्यानुअल ट्रान्मिसनको गेयर बक्स प्रदान गरिएको छ ।
 
सुरक्षा
सुरक्षाका लागि नयाँ भेन्युमा ड्युल एयरब्याग, रियर पार्किङ एसिस्ट क्यामेरा, अटोमेटिक हेडल्याम्प, हेडल्याम्प स्कर्ट फङ्सन, कर्नरिङ ल्याम्प, टायर प्रेसर मनिटर, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेलिटी म्यानेजमेन्ट र हिल एसिस्ट कन्ट्रोललगायतका फिचर उपलब्ध गराइएको छ ।

नेपालमा ई, एस र एसएक्स भेरियन्टमा उपलब्ध फेसलिफ्ट भेन्युको सुरुवाती मूल्य ३९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ भने टपअफ सेग्मेन्टको मूल्य ५५.९६ लाख रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया