कर्णालीका दुर्गम जिल्लामा नेपाल एयरलाइन्सको अनलाइन टिकट प्रणाली लागु
-गोल्डेन बुढा
जुम्ला । नेपाल एयरलाइन्सको नेपालगन्जदेखि दुर्गमका जिल्लामा उडान हुने जहाजमा अनलाइन टिकट प्रणाली लागु गरिएको छ । नेपालगन्जबाट उडान हुने जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख किरण श्रेष्ठले बताए। दुर्गममा जहाजको टिकट शक्ति र पावरको आधारमा मात्रै वितरण हुने र सर्वसाधारणलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई–टिकट प्रणाली गरिएको उनको भनाइ छ। माघ १९ गतेबाट नेपाल एयरलाइन्सको कर्णालीका सबै जिल्लामा ई–टिकट प्रणाली लागु भएको उनले जानकारी दिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ती भोग्नु परेको अवस्थाले तत्काल ई–टिकट लागु गरिएको भएको बताए ।हवाई र यातायातको समस्याबारे निरन्तर आवाज उठाउँदै आएकी जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङले जुम्लासहित कर्णालीले समस्या भोग्नुपरेको समस्या भनेको जहाज र यातायातको रहेको बताए । नेपाल एयरलाइन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जिल्लामा पनि अनलाइन टिकट कार्यान्वयन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण