मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ

शुक्रबार, २० माघ २०७९, १९ : २८
शुक्रबार, २० माघ २०७९

काठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ । शुक्रवार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो । 

संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरूमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए । उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । 

अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन,मौसम, प्राविधिक पक्ष, व्यवस्थापन,नियमन र मानवीय गल्ती लगायतको कुनैपनि कारण हुनसक्ने बताए ।   उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गरे । उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पु¥याउन आवश्यक रहेको बताए ।   

अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरू ल्याउन जरुरी रहेको औंल्याए । उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु¥याएको उल्लेख गरे ।

अध्यक्ष थापाले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्ड्यन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताए । उनले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाई सेवा पु¥याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे । उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाडौंभन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताए । अध्यक्ष थापाले काठमाडौं विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलहरुमा पार्किङकका लागि प्राप्त पूर्वाधारहरु नभएको बताए ।

कार्यक्रममा बोल्दै संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरूको समेत सहकार्यमा ल्याएको बताए । उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मदत पुग्ने बताए । उनले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पारे । उनले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताए ।  

त्यस्तै,नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए ।   उनले प्राधिकरणले ट्राफिक कन्ट्रोलरहरुलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताए । उनले हवाई उडानको सुरक्षित बनाउनको लागि नियमन,तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताए । उनले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजीहरु प्रयोग  नियमन राम्रो रहेको बताए ।  

उनले नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताए । उनले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप