पाकिस्तानमा झडप, ५ जनाको मृत्यु
शुक्रबार, २० माघ २०७९, २१ : ०९

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो । झडपमा दुबै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए । केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन् ।
सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।
अधिकारीहरूका अनुसार थप भिडन्त हुन नदिन उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने