पाकिस्तानमा झडप, ५ जनाको मृत्यु
शुक्रबार, २० माघ २०७९, २१ : ०९
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो । झडपमा दुबै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए । केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन् ।
सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।
अधिकारीहरूका अनुसार थप भिडन्त हुन नदिन उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण