एमाले प्रवेशलगत्तै चौधरीलाई राज्यमन्त्री उपहार, रौतहटले पायो चार मन्त्री
रौतहट । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेलगत्तै प्रदेश सांसद केशव राय चौधरीले उपहारमा राज्यमन्त्री पाएका छन् ।
रौतहट क्षेत्र ३ क बाट गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रभु साहको टिमबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद चौधरी शुक्रबार जनकपुर स्थित एक समारोहबीच एमालेमा प्रवेश गरे लगत्तै राज्यमन्त्री उपहारमा पाएका हुन् । उनीसँगै मधेस प्रदेश सरकारमा रौतहटका ४ जना प्रदेश सांसद मन्त्री बनेका छन् ।
दुई जनाले क्याबिनेट मन्त्री तथा दुई जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको सिफारिसमा शुक्रबार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय चौधरी, सामाजिक विकास राज्यमन्त्री शेख अबुलकलाम आजाद (फुलबाबु), महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री महमद जैद आलमलाई शपथग्रहण गराएका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुमार कुश्वाहाले यस अघि नै शपथग्रहण गरिसकेका छन् । उनीहरू चारै जना रौतहटका हुन् ।
देशमा सङ्घीयता लागू भएपछि पहिलोपटक मधेस प्रदेश सरकारमा रौतहटले एकै पटक ४ मन्त्री पाएको । यसरी एउटै जिल्लाबाट ४ जनाले मन्त्रीको जिम्मेवारी पाएपछि रौतहटवासी हर्षित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण