शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)

बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)

शनिबार, २१ माघ २०७९

काठमाडौँ । सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौँ उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागरिकले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुन बेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन । त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरूले निर्धारित समयमै गन्तव्य स्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ । 

काठमाडौँ उपत्यकाको हालत त यस्तो छ भने अन्य सहरको अवस्था कस्तो होला ? सजिलै कल्पना गर्न सकिन्छ  । यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्राफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो । सडकैपिच्छे ट्राफिक पूर्वाधारहरूको अस्तव्यस्त स्वरूप प्रशस्तै देखिन्छन् र भेटिन्छन् । ट्राफिक पूर्वाधारहरूको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढिरहेका छन् । कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरू जथाभाबी फालिएको छ । नो पार्किङ लेखिएका बोर्डहरू सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरू फालिएका हुन्छन् । सडक छेउको बारहरू भत्किएपछि मर्मत सम्भार नै वर्षौँसम्म हुँदैन । 

ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन । यस्ता समस्या काठमाडौँ उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ । पूर्ण जोखिम मोलेर आम सर्वसाधारणहरू दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर बनेको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशा सम्बन्धित यी तस्बिरहरू । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया