शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते

बिहीबार, २५ असार २०८३, २३ : ३४
बिहीबार, २५ असार २०८३

सारांश

  • काठमाडौँको मुलपानीमा माइक्रोबसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
  • कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित खहरे चोकमा भएको दुर्घटनामा स्कुटर चालक डेकराज खतिवडा र पछाडि सवार खडानन्द खतिवडा घाइते भएका हुन् ।
  • माइक्रोबस चालक मनिष गौतमसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ ।

काठमाडौँ । काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बिहीबार कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित खहरे चोकमा बागमती प्रदेश ०१–०२ ज ९५९५ नम्बरको ईभी माइक्रोले बा.६७ प ७५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । 

दुर्घटनामा परेर स्कुटर चालक ओखलढुंगा घर भएका ३५ वर्षीय डेकराज खतिवडा र स्कुटर पछाडि सवार ६३ वर्षीय खडानन्द खतिवडा घाइते भएका छन् । स्कुटर चालक डेकराजको एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए । अर्का घाइतेको मनोहरा नगर अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रो काभ्रे घर भएका १८ वर्षीय मनिष गौतमले चलाएका थिए । उनको साथमा सवारी चालक अनुमति पत्र नभेटिएको एसपी सुवेदीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप