सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
सारांश
- सरकारले राहदानी विभाग अगाडि जलेर गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ ।
- नेपालीको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित 'अखिल भारतीय आयुर्विज्ञान संस्थान' लैजाने तयारी गरिएको छ ।
- गृहमन्त्री र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले वीर अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
काठमाडौँ । नेपाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू आजै वीर अस्पताल पुगेका छन् । उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।
चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा नेपालीलाई थप उपचारका लागि भारत लैजाने यो सम्पूर्ण प्रक्रिया अघि बढाइएको सचिवालयको भनाइ छ । यसका लागि आवश्यक सबै व्यवस्थापकीय र प्राविधिक पक्षको अन्तिम तयारी तथा सम्पूर्ण समन्वय प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले नै गरिरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइतेको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ भने खर्चका कारण उपचारमा कुनै समस्या हुन नदिइने मन्त्रालयले जनाएको छ । घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ भने प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा र उद्धारका कार्यहरूलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण