शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा ५८८ जना बन्दी रिहा

शनिबार, २१ माघ २०७९, १६ : १६
शनिबार, २१ माघ २०७९

एजेन्सी । श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना  कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो । 

श्रीलङ्काकको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।    गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् १९७ जना बन्दीलाई रिहा गरिएको थियो। श्रीलङ्का  सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो।  
आज  उसले ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप