पाँचबुँदे शान्ति योजना पालना गर्न म्यान्मालाई आग्रह
जाकर्ता । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का मन्त्रीहरूले म्यान्मालाई पाँचबुँदे शान्ति योजना पालना गर्न आग्रह गरेका छन् । इण्डोनेसियामा शनिबार भएको दुईदिने वार्ताको अन्त्यमा उनीहरूले म्यान्माको राजनीतिक सङ्कट अन्त्य गर्न दुई वर्षअघि सहमति जनाइएको शान्तिको मार्गचित्र कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।
दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको इण्डोनेसिया यो वर्ष दश सदस्यीय सङ्गठनको अध्यक्ष हो । यो वर्ष इण्डोनेसियाले सङ्गठनको वार्षिक बैठक गर्नेछ । जकार्तामा भएको आसियानका मन्त्रीहरूको यो बैठकलाई नागरिक सरकारलाई सत्ताच्युत गरेर सेनाले म्यान्माको शासनसत्ता कब्जा गरेदेखि अशान्त त्यहाँको स्थितिले आझेलमा पारेको छ ।
म्यान्मामा हिंसा अन्त्य गरी वार्ताको माध्यमबाट शान्ति स्थापना गर्न इण्डोनेशियाको अगुवाईमा पाँचबुँदे शान्ति योजना अघि सारेको थियो । उक्त योजनाप्रति सबै आसियान सदस्य राष्ट्रले सहमति पनि जनाएका थिए । म्यान्माको सैनिक सरकारसमेत सहमत भएको शान्ति प्रस्ताव अविलम्ब कार्यान्वयन हुनुपर्नेमा बैठकले जोड दिएको छ । म्यान्माको अवस्थालाई संयुक्तरूपमा सम्बोधन गर्न आसियानको अध्यक्ष राष्ट्रले गरेको प्रस्ताव कार्यान्वयनबाटै आसियानको एकता प्रतिविम्बित हुनेछ ।
म्यान्मा आसियानको सदस्य भए पनि शान्तिस्थापनाको कार्ययोजना कार्यान्वयन नगर्दा उसलाई बैठकमा सहभागी गराइएको छैन । यसै साता नियुक्त भएका म्यान्माका विदेशमन्त्री पनि बैठकमा सहभागी भएनन् । शान्ति योजना कार्यान्वयन गर्न इण्डोनेशियाले विदेशमन्त्रालयअन्तर्गत तल्लो तहमा म्यान्माको सैनिक सरकारसँग वार्ता गर्न विशेषदूत नियुक्त गर्ने योजना बनाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण