शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुगम र चन्द्रको राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ सार्वजनिक

शनिबार, २१ माघ २०७९

काठमाडौँ । प्रयास गरौँ, परिश्रम गरौँ, लगन लगाऊँ, अध्ययन गरौँ।

यो देशका युवा एकै भएर, सम्भावनाको सारथि बनौँ ।

माथिका शब्द गायक सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन !’ को हो । साहस शाक्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीत गायनमा सुगमलाई गायिका संगीता प्रधानले साथ दिएकी छन् । गीतको शब्द चन्द्र प्रसाई ‘परिष्कृत’ ले कोरेका हुन् ।

गीत राष्ट्रिय भावनाले भरिएको छ । गीतको मूल मन्त्र भनेको स्वदेश वा विदेश जहाँबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया गर्न र गर्‍यो भने देशमै सबै सम्भव भएको भावना व्यक्त गरेका छन् । देश सफल र सबल हुनका लागी एकतामा अडेको दिगो विकास आवश्यक रहेको गीतमा भनिएको छ ।

गीतको आलाप आरसी रिमालले गाएका छन्, र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सिता सुवेदीको मुख्य अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायाङ्कन दिनेश पराजुली र सम्पादन नवीन निरौलाले गरेका हुन् । भिडियोको प्रोडक्शन हेड सरोज पोखरेल हुन्, भने निर्माता तेजी प्रसाई रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया