सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ । सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।
आफ्नो माग पुरा गर्न भन्दै पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिसकेपनि रास्वपा हालसम्म अनिर्णीत रहेको छ । यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो। रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।
शनिबारै गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । तर, यसबारे रास्वपाले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
रास्वपाका नेताहरुले माग पूरा नभएकाले सरकारबाट बाहिरिने मत बलियो बन्दै गएकाले जे पनि निर्णय हुनसक्ने प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय खेलका खेलाडी सांसदहरू हुन्, सभामुख होइन : महासचिव पोखरेल
-
धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो
-
कुनै पनि हालतमा एआईलाई कानुनी व्यक्तिको मान्यता दिनु हुँदैन
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
-
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
-
सडक दुर्घटना र पहिरोको जोखिम घटाउन सरकारको नयाँ नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण