चीनले क्लोनिङ गरेर बनायो सुपर काउ : दिनमा १४० लिटर दूध दिने, १ हजार गाई उत्पादन गर्ने तयारी
चीनले विज्ञान र प्रविधिको क्षेत्रमा निरन्तर अनौठो प्रयोग गरिरहेको छ । हालै चिनियाँ वैज्ञानिकहरूले क्लोनिङमार्फत तीन वटा ‘सुपर काउ’ तयार पारेको दाबी गरेका छन् । यी गाईले जीवनभर १०० टन अर्थात् २ लाख ८३ हजार लिटर दूध दिन सक्छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार तीन वटै गाईको ब्रिडिङ नर्थ वेस्ट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेका हुन् । यी बाछाहरू गत दुई महिनामा निङ्जिया क्षेत्रमा जन्मिएका हुन् । यी सबै नेदरल्याण्ड्सबाट आएको होल्स्टेन फ्रिजियन गाईका क्लोन हुन् ।
क्लोनिङ भनेको के हो ?
क्लोनिङमा वैज्ञानिकहरूले जनावरको डिएनए लिन्छन् र यसको मद्दतले जनावरको प्रतिरूप तयार पार्छन् । वैज्ञानिकहरूले आफ्नो सुविधा अनुसार यसको जिन परिवर्तन गर्छन्, ताकि सामान्य जनावरहरू भन्दा धेरै शक्तिशाली जनावरहरू बनाउन सकियोस् ।
चीनले कसरी गाईको क्लोन बनायो ?
आयोजना प्रमुख जिन यापिङले सबैभन्दा पहिले राम्रो जातका गाईको कानको सेल्स (कोशिका) निकालिएको बताए । त्यसपछि यीबाट भ्रूण तयार गरी १२० गाईमा प्रत्यारोपण गरियो । तीमध्ये ४२ प्रतिशत गाई गर्भवती भए । हाल तीन वटा बाछा जन्मिसकेका छन् भने आगामी केही दिनमा १७.५ प्रतिशत बाछा जन्मन सक्नेछन् ।
एउटा सुपर गाईले वर्षमा १८ टन दूध दिनेछ
वैज्ञानिकहरूका अनुसार एउटा सुपर गाईले एक वर्षमा १८ टन (१६.३ हजार लिटर) दूध दिने क्षमता राख्छ । यो अमेरिकाको सामान्य गाई भन्दा १.७ गुणा बढी हो । आगामी २–३ वर्षमा चीनमा एक हजार सुपर गाई उत्पादन हुने यापिङले बताए । यसबाट डेरी उद्योगले बढी फाइदा लिन सक्नेछन् । हाल चीनमा हरेक १०,००० गाई मध्ये ५ वटा मात्र आफ्नो जीवनकालमा १०० टन दूध दिन सक्षम छन् । यसबाहेक त्यहाँ ७० प्रतिशत दूध दिने गाई आयात गर्ने गरिन्छ ।
चीनमा जनावरको क्लोनिङ बढ्यो
चीनले जनावरको क्लोन बनाएको यो पहिलो पटक भने होइन । गत वर्ष चिनियाँ वैज्ञानिकहरूले विश्वको पहिलो क्लोन गरेर आर्कटिक ब्वाँसो बनाएका थिए । सन् २०१७ मा यस्ता गाई वस्तु क्लोन गरेको थियो जसले जनावरमा हुने क्षयरोगलाई माथ दिन सक्छन् । अमेरिकासमेत थुप्रै विकसित देशमा पनि यो प्रविधिमा काम गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण