आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : मन्त्री गिरी

आइतबार, २२ माघ २०७९, १५ : ३०
आइतबार, २२ माघ २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन् । 

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरुसँग आग्रह गरे ।

'राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्‍यौ । अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगति हो । यसका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानुपर्ने आवश्यकता छ । यसमा विसंगति र भ्रस्टाचार पर्खाल बनेर खडा छन्,’ उनले भने ।   

सरकारले मिडियामैत्री कानुन ल्याएर मिडियाकर्मीहरूका समस्या समाधान गर्नुपर्ने उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति कायम रहेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप