विकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : मन्त्री गिरी
आइतबार, २२ माघ २०७९, १५ : ३०
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भ्रष्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरुसँग आग्रह गरे ।
'राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्यौ । अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगति हो । यसका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानुपर्ने आवश्यकता छ । यसमा विसंगति र भ्रस्टाचार पर्खाल बनेर खडा छन्,’ उनले भने ।
सरकारले मिडियामैत्री कानुन ल्याएर मिडियाकर्मीहरूका समस्या समाधान गर्नुपर्ने उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति कायम रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण