सिके राउतको प्रश्न : संसदमा बोलेको कतै सुनिन्छ कि हामीले भित्ता र कुर्सीलाई मात्र सुनाउने हो ?
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदमा बोलेको कुरा कतै सुनिँदैन भने संसदमा बोल्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राउतले सांसदले कुरामात्र उठाउने अरु तर सुनुवाई नहुने हो भने किन बोल्ने भन्दै प्रश्न गरे ।
संसद बैठकमा उनले भने– ‘आजसम्म ७ पटक प्रतिनिधिसभाको बैठक बस्यो तर यहाँ उठेको कुरा सुनुवाई भएको छैन । यो संसदबाट म के कुरामा आश्वस्त रुपमा हुन चाहन्छु भने यहाँ बोलेको कुरा कहिँ सुनुवाई हुन्छ कि हुँदैन ? हामीले यहाँको भित्ता र कुर्सीलाई मात्र सुनाएको हो ? यो सरकार संसदप्रति उत्तरदायी छ कि छैन भन्ने कुरामा म आश्वस्त हुन चाहन्छु । अन्यथा त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तो भयो ।’
उनले सांसदहरुले किसानले मल नपाएको कुरा उठाइरहेको तर अहिलेसम्म सरकारको तर्फबाट कसैले जवाफ नदिएको बताए । संसद भाषण गर्ने थलोमात्र बन्ने हो कि भन्ने चिन्ता लागेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण