मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाशदेखि रामेश्वरसम्मलाई रविको चुनौती : देश चलाउने हो भने चुनाव लड्न आउनुस् !

आइतबार, २२ माघ २०७९, १६ : ३०
आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया सञ्चालकहरूलाई देश चलाउने भए चितवनमा चुनाव लड्न आउन चुनौती दिएका छन् । 

आइतबार आफू देशको सेवा गर्न आए पनि नेपालका मिडियाले खेदो खनेको भन्दै कान्तिपुर, अनलाइनखवर र सेतोपाटीका मिडिया सञ्चालकहरूलाई अव देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् । 

उनले आफ्नो पार्टीले गृह मन्त्रालय दाबी गर्दा कन्फिल्क्ट अफ इन्ट्रेस्ट जोडिएको भनेर लेखिए पनि त्यस्तो नभएको दाबी गरे । उनले मिडिया मालिकले मिडिया चलाउने र राजनीतिज्ञले देश चलाउने हो बताए । 

‘कन्फिल्क्ट अफ इन्ट्रेस्टबारे बहस गर्ने नेपाली मिडियाको आँट छैन । भए आउनुस् म बहस गर्न तयार छु’, लामिछानेले भने, ‘कान्तिपुर, अनलाइनखवर, सेतोपाटीलाई लेख्यो भन्यो यसले सिध्याउँछ भन्ने छ ।’ 

उनले भने ‘देश चलाउने हो भने चुनाव लड्न आउनुस् कैलाश सोरिहिया, रामेश्वर थापा, अमित ढकाल को को आउने हो आउनुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप