कैलाशदेखि रामेश्वरसम्मलाई रविको चुनौती : देश चलाउने हो भने चुनाव लड्न आउनुस् !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया सञ्चालकहरूलाई देश चलाउने भए चितवनमा चुनाव लड्न आउन चुनौती दिएका छन् ।
आइतबार आफू देशको सेवा गर्न आए पनि नेपालका मिडियाले खेदो खनेको भन्दै कान्तिपुर, अनलाइनखवर र सेतोपाटीका मिडिया सञ्चालकहरूलाई अव देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् ।
उनले आफ्नो पार्टीले गृह मन्त्रालय दाबी गर्दा कन्फिल्क्ट अफ इन्ट्रेस्ट जोडिएको भनेर लेखिए पनि त्यस्तो नभएको दाबी गरे । उनले मिडिया मालिकले मिडिया चलाउने र राजनीतिज्ञले देश चलाउने हो बताए ।
‘कन्फिल्क्ट अफ इन्ट्रेस्टबारे बहस गर्ने नेपाली मिडियाको आँट छैन । भए आउनुस् म बहस गर्न तयार छु’, लामिछानेले भने, ‘कान्तिपुर, अनलाइनखवर, सेतोपाटीलाई लेख्यो भन्यो यसले सिध्याउँछ भन्ने छ ।’
उनले भने ‘देश चलाउने हो भने चुनाव लड्न आउनुस् कैलाश सोरिहिया, रामेश्वर थापा, अमित ढकाल को को आउने हो आउनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण