राष्ट्र बैंकले ५ वर्षका लागि ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको ५ वर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २५ गते विकास ऋणपत्र २०८४ ‘ञ’ जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको समयभित्र बोलकबोल पेस गर्न बैंकले आह्वान गरेको छ । बैंकको सूचना अनुसार माघ २४ गते मंगलबार दिउँसो ३ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । विकास ऋणपत्रको निष्काशन भने माघ २५ गते बुधबार हुनेछ ।
कूल निष्काशित ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विना प्रतिस्पर्धामा बिक्री गरिनेछ । खरिदकर्ताले दुबै प्रणालीमा भाग लिन पाउनेछन् । ऋणपत्रको ब्याजदर भने प्रत्येक ६÷६ महिनामा (अर्धवार्षिक रुपमा) प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष