राष्ट्र बैंकले ५ वर्षका लागि ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको ५ वर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी माघ २५ गते विकास ऋणपत्र २०८४ ‘ञ’ जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको समयभित्र बोलकबोल पेस गर्न बैंकले आह्वान गरेको छ । बैंकको सूचना अनुसार माघ २४ गते मंगलबार दिउँसो ३ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । विकास ऋणपत्रको निष्काशन भने माघ २५ गते बुधबार हुनेछ ।
कूल निष्काशित ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विना प्रतिस्पर्धामा बिक्री गरिनेछ । खरिदकर्ताले दुबै प्रणालीमा भाग लिन पाउनेछन् । ऋणपत्रको ब्याजदर भने प्रत्येक ६÷६ महिनामा (अर्धवार्षिक रुपमा) प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण