जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हालै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं. ५ का गणेश दमाई (परियार) को निर्मम कुटपिटबाट मृत्यु भएको भनिएको घटना तथा जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ घोडेङ्गका एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा जातीय विभेद जनाउने विषय लेखेको घटनामा उजुरी प्राप्त भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा दलित समुदायका व्यक्तिहरूको मानमर्दन हुने गरी गाली, गलौज गर्ने, मानसिक तनाव दिने एवम् जातीय भेदभाव तथा छुवाछूतजन्य क्रियाकलापहरूलाई बढवा दिने खालका कार्यहरू हुने गरेको आयोगको अनुगमनबाट पाइएको विज्ञप्तिमा छ । अनुगमनबाट प्राप्त तथ्यको आधारमा आयोगले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पटक–पटक आह्वान गर्दै आएको आयोगले स्पष्ट पारेको छ ।
यस प्रकारका अमानवीय र आपराधिक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आयोगले तीनै तहका सरकार एवम् सबै सरोकारवालालाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण