जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हालै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं. ५ का गणेश दमाई (परियार) को निर्मम कुटपिटबाट मृत्यु भएको भनिएको घटना तथा जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ घोडेङ्गका एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा जातीय विभेद जनाउने विषय लेखेको घटनामा उजुरी प्राप्त भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा दलित समुदायका व्यक्तिहरूको मानमर्दन हुने गरी गाली, गलौज गर्ने, मानसिक तनाव दिने एवम् जातीय भेदभाव तथा छुवाछूतजन्य क्रियाकलापहरूलाई बढवा दिने खालका कार्यहरू हुने गरेको आयोगको अनुगमनबाट पाइएको विज्ञप्तिमा छ । अनुगमनबाट प्राप्त तथ्यको आधारमा आयोगले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पटक–पटक आह्वान गर्दै आएको आयोगले स्पष्ट पारेको छ ।
यस प्रकारका अमानवीय र आपराधिक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडितको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आयोगले तीनै तहका सरकार एवम् सबै सरोकारवालालाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार