लुम्बिनीमा रामकथा वाचन गर्न अनुमति दिएको भन्दै बौद्ध समुदायको विरोध
सोमबार, २३ माघ २०७९, १५ : ३५
रुपन्देही । लुम्बिनीमा रामकथा वाचन गरिन लागेको भन्दै बौद्ध समुदायले विरोध जनाएका छन् । मंगलबारदेखि फागुन ३ गतेसम्म रामकथा वाचन गर्न लागिएको हो ।
त्यसको विरुद्धमा बौद्ध समुदायले विरोध प्रदर्शन गरेका छन् । बौद्ध जन्मस्थलमा हिन्दु सम्बन्धी कार्यक्रम गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । उक्त रामकथा प्रवचनमा भारत तथा नेपालका गरी दुई हजार बढी श्रद्धालु सहभागी हुने जनाइएको छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथाका लागि हल प्रयोग गर्न अनुमति दिइएको बताए । तर बौद्ध धर्मसँग सम्बन्धित केही संस्थाहरूले विरोध जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण