बढ्यो महँगी–मुद्रास्फीति ७.२६ प्रतिशत पुग्यो, सबैभन्दा बढी महँगी तराईमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार महँगी बढेको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकमा केन्द्रीय बैंकले मुद्रास्फीति ७.२६ प्रतिशतले बढेको जानकारी दिएको हो ।
गत वर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।
यस्तै, खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत पुगेको छ ।
दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८।७६ प्रतिशत रहेको छ ।
विविध वस्तु तथा सेवाको महँगी ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण