६ महिनाको आर्थिक परिदृष्य : सरकारी खर्चबाहेक सबै सूचकाङ्क अब्बल !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनाको वित्तिय रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको रिपोर्ट सार्वजनिक भएकोमा बैंकले पछिल्लो समय मुलुकको आर्थिक परिदृष्य (मुख्य मुख्य आर्थिक सूचकहरु) सकारात्मक नै रहेको देखिएको हो ।
आन्तरिक तथा बाह्य प्रभावको परिणाम उच्च आर्थिक संकटका बाबजुद पनि मुलुकको आर्थिक सूचकहरु समीक्षा अवधिमा निकै राम्रो रहेको बैंकको रिपोर्टले देखाएको छ । ६ महिनामा मुद्रास्फीति (बजार महँगी) वार्षिक विन्दुगत आधारमा ७.२६ प्रतिशतमा झरेको, रेमिट्यान्स बढेर छ महिनामा नै ५ खर्ब ५८ अर्ब रुपैयाँ बढी भित्रिएको छ भने यहि अवधिमा आयात समेत अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्र वस्तु तथा सेवा आयात भएको बैंकले जनाएको छ ।
यद्यपि, आयातमा संकुचन आउनुमा भने राष्ट्र बैंकले १३ महिना बढी आयातमा लगाएको ५० प्रतिशतदेखि सतप्रशितसम्मको एलसी नगद मार्जिनको व्यवस्था र आयात प्रतिबन्धलाई लिन सकिन्छ । यी सबै व्यवस्था यसै पुस मसान्तदेखि हटेसँगै माघदेखि आयात बढ्ने देखिन्छ ।
यसैको प्रभाव आयात घट्दै गर्दा उता रेमिट्यान्सको आकार बढ्दा यसको प्रभाव मुलुकको शोधनान्तर स्थितिमा परेको छ भने विदेशी मुद्राको सञ्चिति (विनिमयमा) समेत सकारात्मक प्रभाव परेको छ । चालु आर्थिक वर्षको पुस मसान्तमा मुलुकको शोधनान्तर स्थिति (विओपी) ९७ अर्ब १० करोडले बचतमा देखिएको छ भने विदेशी मुद्राको सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँले बचतमा देखिएको छ ।
यस सञ्चितिले अहिलेकै आयातको परिणामअनुसार १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको अनुमान छ । कम्तिमा ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिलाई राम्रो मानिन्छ ।
सरकारी खर्चमा खराब स्थिति
तथ्याङ्कमा सबैजसो आर्थिक सूचाङ्कहरु उत्कृष्ट देखिँदै गर्दा यता सरकारी खर्च र राजस्व परिचालनमा भने सरकारको खराब स्थिति प्रदर्शन भइरहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा संघीय सरकारले ५ खर्ब ७६ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्दै गर्दा यता ४ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँ बराबरको मात्र राजस्व परिचालन हुन सकेको छ ।
समीक्षा अवधिमा सरकारी चालु खाता २९ अर्ब ४७ अर्ब रुपैयाँले घाटामा देखिएको छ । यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३५३ अर्ब ६० अर्ब रुपैयाँले चालु खाता घाटामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको चालु खाता ३ खर्ब ५४ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ५ खर्ब ६ अर्ब ४७ करोड रुपैयाँले खर्च गर्दैगर्दा यता ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ बराबरको राजस्व परिचालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण