भारतका प्रख्यात सन्त मोरारी बापूले गरे लुम्बिनी दर्शन, आजदेखि राम कथा वाचन हुने
भैरहवा । भारतका प्रख्यात सन्त मोरारी बापूले मायादेवी मन्दिरको दर्शन गरेका छन् । पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्ध जन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटर बुकमा बुद्ध जन्मस्थलमा आउन पाउँदा एकदमै सौभाग्यशाली अनुभव गरेको लेखेका छन्। 'पवित्र पावन धाममा आउन पाउँदा अन्त्यतै खुसी र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शान्ति र परम आनन्दको अनुभूति भइरहेको छ । म आफूलाई एकदम सौभाग्यशाली अनुभव गर्दैछु' सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी पूजा समेत गरे ।
लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा राम कथा प्रेम यज्ञ समितिको आयोजनामा आजदेखि सुरु हुने राम कथा प्रवचनका लागि वापू आएका हुन । राम कथा प्रेम यज्ञ समितिको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मङ्गलवारदेखि ९ दिनसम्म कथा वाचन हुने छ । वापू सहितको टोली विमान चार्टर गरेर गौतम बुद्ध विमानस्थल हुँदै लुम्बिनी आएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण