शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो

मङ्गलबार, २४ माघ २०७९, २२ : ०८
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । 

भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड क्रस भएको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको बैंकले जनाएको छ ।

यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजारमाथि रहेको बैंकले जनाएको छ । 

समीक्षा अवधिमा मोबाइल बैंकिङबाट १ खर्ब ६७ अर्ब ८० करोड रुपैयाँ बराबरको ट्रान्जेक्सन भएको छ भने इन्टरनेट बैंकिङमार्फत १२ अर्ब २९ करोड रुपैयाँ, डेबिट कार्डमार्फत ८१ अर्ब १० करोड रुपैयाँ, क्रेडिट कार्डमार्फत १ अर्ब ५३ करोड रुपैयाँ र कनेक्ट आइपीएसमार्फत अधिकतम ३ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप