अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत
बारा । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् ।
बाराको कलैयामा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए ।
उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए ।
“मधेसी जनताको भावनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ”, उनले भने ।
सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि संघीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । संघीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टिका लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण