अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

बारा । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् ।
बाराको कलैयामा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए ।
उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए ।
“मधेसी जनताको भावनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावना अनुसार अगाडि बढ्छ”, उनले भने ।
सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि संघीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । संघीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टिका लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने