बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टर्की भूकम्प : सामाजिक सञ्जालमा देखिएका हृदय विदारक तस्बिर

बुधबार, २५ माघ २०७९, १० : ४४
बुधबार, २५ माघ २०७९

सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा जोडिएको क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का केन्द्रबिन्दुबाट सयौँ माइल टाढा महसुस गरिएको थियो ।

पहिलो भूकम्पपछि परकम्पहरू रोकिएको छैन, टर्कीमा एकपछि अर्को परकम्प आउने क्रम जारी छ । यी मध्ये धेरैको तीव्रता ५.० भन्दा बढी थिए ।

इर्डिम नामका एक नागरिकले आफ्नो ४० वर्षको जीवनमा यस्तो महसुस कहिल्यै नगरेको बताए ।

उनी भन्छन्, ‘हामीलाई तीन पटक असाध्यै नराम्रोसँग हल्लायो, जसरी बच्चालाई झुलामा हल्लाइन्छ ।’

बीबीसीले भूकम्पका कारण भएको विनाशको विस्तृत जानकारी सङ्कलन गरेको छ । यसमा प्रत्यक्षदर्शीको बयान र सामाजिक सञ्जाल पोस्टको सहारा पनि लिइएको छ ।

turkey1बीबीसी टर्की सेवाले भूकम्पबाट बचेका मानिसहरूसँग कुरा गरेको छ र सबैले पहिलो पटक यस्तो शक्तिशाली झटका महसुस गरेको बताए ।

त्यसै गरी, भूकम्पको केन्द्र विन्दुको उत्तरमा रहेको पजार्जिकमा पनि सयौँ भवन ध्वस्त भएका छन् । ट्विटरमा सेयर गरिएको यस क्षेत्रको भिडियो फुटेजमा विनाशको दृश्य टाढैबाट देख्न सकिन्छ ।

वेसेल सर्वन नामका एक व्यक्तिले बीबीसीसँगको कुराकानीमा उनका आफन्तहरू अझै पनि भग्नावशेषमुनि दबिएको बताएका छन् ।

विसेल सर्वनले भने, ‘मैले आफैँ र परिवारका सदस्यहरूलाई निकै मुस्किलले भवनबाट बाहिर निकालेँ । हामी बाहिर निस्कँदै गर्दा भग्नावशेषमुनिबाट सहयोगका लागि एक जना मानिस चिच्याइरहेका थिए । उनलाई बचाउन जाने हाम्रो साथीमाथि घर भत्कियो ।’

यस्ता तस्बिरहरू पनि सार्वजनिक भएका छन् जसमा टर्कीका मानिसहरूले ग्यास पाइपलाइन ध्वस्त भएपछि आगलागी भएको दाबी गरिरहेका छन् ।

बीबीसीले हेटेमा एउटा भिडियो पुष्टि गरेको छ जुन सहर बाहिर भएको ग्यास पाइपलाइनको हो । यो स्थान भूकम्पको केन्द्रभन्दा १७० किलोमिटर टाढा छ । भूकम्पको शक्तिशाली झट्काले यो पाइपलाइन फुट्यो र यसमा आगलागी भयो ।

हेटेमाथि ड्रोनबाट खिचिएका तस्बिरमा यस्ता धेरै भवनहरू देख्न सकिन्छ जुन अहिले ध्वस्त भइसकेका छन् ।

गाजियन्टेपका बासिन्दा रुसल पाग्रामले आफ्ना वृद्ध छिमेकीहरूलाई बाहिर निकालेको बारे बीबीसीलाई बताए । उनी भन्छन्, ‘यति बेला टर्कीमा ठिहिर्‍याउने जाडो छ जसले उद्धार कार्यमा ठुलो बाधा निम्त्याएको छ । त्यहाँका मानिसहरूका लागि यो गम्भीर चुनौती बनेको छ । 

turkey2

यस भूकम्पका कारण सहरको एउटा किल्ला र प्रसिद्ध शरवान मस्जिद पनि ध्वस्त भएको छ । रोमन युगमा बनेको गजियान्टेप किल्ला देशको सबैभन्दा राम्रो स्थितिमा थियो । 

त्यस बेलादेखि, भूकम्पको केन्द्र विन्दुको दक्षिण र पूर्वमा परकम्पहरू आइरहेका छन् ।

टर्किस टिभीमा टेलिभिजनको लागि लाइभ गर्दा, मलात्या सहरमा दोस्रो भूकम्प गएको दृश्य क्यामेरामा कैद गरिएको थियो ।

सानलिउर्फामा एक प्रत्यक्षदर्शीले घर ढलिरहेको अवस्थालाई भिडियोमा कैद गरेका छन् । बीबीसी संवाददाताले यो भिडियोको लोकेसन पुष्टि गरेको छ । यसअघि सोसल मिडियामा सायद यो भिडियो सिरियाको भएको बताइएको थियो । 

बीबीसीले भिडियोहरू कहिले पोस्ट गरिएको थियो भनेर निर्धारण गर्न जियो लोकेसन टुल्स प्रयोग गरेर यी भिडियो कहिले पोस्ट भएका थिए भनेर पुष्टि गर्‍यो । 

अर्कोतर्फ, गाजियानटेपमा भूकम्प आइरहेका बेला भिडियो खिचिएको थियो जसमा स्पष्ट भइसकेको थियो कि यो घर ढल्ने वाला छ ।

यहाँ, उत्तरी सिरियाको सीमा पारी पनि स्थिति धेरै खराब छ । उत्तर पश्चिमी सिरियाको अजाज सहरका एक बासिन्दाले मिडियासँगको कुराकानीमा धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएको बताएका छन् ।

उनले भने, ‘अहिले १२ परिवार यहाँ फसेका छन् र कोही पनि बाहिर निस्कन सकेका छैनन् ।’

एलेप्पो सहरको एउटा भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ जसमा एउटी महिला एउटा सानो बच्चालाई काखमा लिएर दौडिरहेको देखिन्छ । भिडियोमा देख्न सकिन्छ कि यसको वरिपरि घरहरू भत्किरहेका छन् ।

भूकम्प अघि र पछिको दृश्यले हरिम नजिकैको बेसनाया–सेने गाउँमा भएको विनाश देखाउँछ । अहिले पनि यहाँ राहत कार्य तीव्र गतिमा जारी छ ।

यहाँ तीव्र गतिमा राहत र उद्धार कार्य जारी छ ।

turkey3

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप