शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्षयसँग इन्गेजमेन्ट तोडिएको पीडा छैन, बोझ अझै पनि छ : रबिनाले गरिन् खुलासा

बुधबार, २५ माघ २०७९, १२ : २३
बुधबार, २५ माघ २०७९

एक समय थियो जब अक्षय कुमार र रबिना टन्डन बलिउडका हिट जोडीमध्ये एक थिए । दुवैको केमेस्ट्री अनस्क्रिनका साथै अफस्क्रिनमा पनि देखिन्थ्यो । हुन त यी दुवै कलाकार आ–आफ्नो जीवनमा निकै अघि बढिसकेका छन् तापनि उनीहरूको यो सम्बन्धबारे व्यापक चर्चा अझै पनि हुने गर्छ । अब अक्षयसँग आफ्नो सम्बन्धबारे रबिनाले कुरा गरेकी छिन् । उनले अक्षयसँग तोडिएको इन्गेजमेन्टको बोझ अझै पनि आफूले बोकेर हिँड्नु परेको बताएकी छिन् ।

एक अन्तरवार्ताको क्रममा रबिनालाई अक्षय कुमार बारे अझै पनि प्रश्न सोधिन्छ त भनेर सोधिएको थियो । उनले भनिन्, ‘मसँग जति बेला जसले कुरा गर्छन्, त्यति बेला अक्षयको कुरा त आउँछ नै । म उनको जीवनबाट निस्किएर अरू कोही सँग थिएँ र उनी अरू कोहीसँग । हामी अघि बढिसकेका छौँ भने जलन किन हुन्छ र !’

रबिनाले भनिन्, ‘मेरो इन्गेजमेन्ट कुनै बेला अक्षयसँग भएको थियो भनेर बिर्सिसकेको छु । कतै भेट भयो भने हामी राम्रोसँग कुरा गर्छौँ । एक समय पछि मानिस अघि बढ्छन् क्या ।’उनले असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘कलेजमा मानिस सधैँ प्रेमी फेर्छन् । तर टुटेको इन्गेजमेन्टको बोझ अहिले पनि मेरो टाउकोमा झुन्डिरहेको छ । ’

उनी थप्छिन्, ‘सम्बन्ध टुट्छन् त यसमा त्यस्तो ठुलो कुरा के छ र ?’ रबिनासँग सम्बन्ध टुटेपछि अक्षयले जानीजानी उनीजस्तै देखिने युवतीसँग डेट गर्न सुरु गरेको पनि बताइन्छ ।

यसबारे उनले भनिन्, ‘म यस्तो अनावश्यक कुरा पढ्दिनँ, किनभने अनावश्यक ब्लड प्रेसर किन बढाउनु ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप