अक्षयसँग इन्गेजमेन्ट तोडिएको पीडा छैन, बोझ अझै पनि छ : रबिनाले गरिन् खुलासा
एक समय थियो जब अक्षय कुमार र रबिना टन्डन बलिउडका हिट जोडीमध्ये एक थिए । दुवैको केमेस्ट्री अनस्क्रिनका साथै अफस्क्रिनमा पनि देखिन्थ्यो । हुन त यी दुवै कलाकार आ–आफ्नो जीवनमा निकै अघि बढिसकेका छन् तापनि उनीहरूको यो सम्बन्धबारे व्यापक चर्चा अझै पनि हुने गर्छ । अब अक्षयसँग आफ्नो सम्बन्धबारे रबिनाले कुरा गरेकी छिन् । उनले अक्षयसँग तोडिएको इन्गेजमेन्टको बोझ अझै पनि आफूले बोकेर हिँड्नु परेको बताएकी छिन् ।
एक अन्तरवार्ताको क्रममा रबिनालाई अक्षय कुमार बारे अझै पनि प्रश्न सोधिन्छ त भनेर सोधिएको थियो । उनले भनिन्, ‘मसँग जति बेला जसले कुरा गर्छन्, त्यति बेला अक्षयको कुरा त आउँछ नै । म उनको जीवनबाट निस्किएर अरू कोही सँग थिएँ र उनी अरू कोहीसँग । हामी अघि बढिसकेका छौँ भने जलन किन हुन्छ र !’
रबिनाले भनिन्, ‘मेरो इन्गेजमेन्ट कुनै बेला अक्षयसँग भएको थियो भनेर बिर्सिसकेको छु । कतै भेट भयो भने हामी राम्रोसँग कुरा गर्छौँ । एक समय पछि मानिस अघि बढ्छन् क्या ।’उनले असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘कलेजमा मानिस सधैँ प्रेमी फेर्छन् । तर टुटेको इन्गेजमेन्टको बोझ अहिले पनि मेरो टाउकोमा झुन्डिरहेको छ । ’
उनी थप्छिन्, ‘सम्बन्ध टुट्छन् त यसमा त्यस्तो ठुलो कुरा के छ र ?’ रबिनासँग सम्बन्ध टुटेपछि अक्षयले जानीजानी उनीजस्तै देखिने युवतीसँग डेट गर्न सुरु गरेको पनि बताइन्छ ।
यसबारे उनले भनिन्, ‘म यस्तो अनावश्यक कुरा पढ्दिनँ, किनभने अनावश्यक ब्लड प्रेसर किन बढाउनु ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण