समाचार
राष्ट्रियसभा उपननिर्वाचन : मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने
बुधबार, २५ माघ २०७९, १५ : ३०
दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान सकिएसँगै आजै मतगणना हुने भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजे सकिएको हो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरुले अहिले मतदान गरेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदान सकिएसँगै मुचुल्का उठाएर मत गणना थालिने छ । कुल मतदाता संख्या ३ सय ५ रहेको लुम्बिनीमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहेका थिए । तीमध्ये नेपाल प्रगतिशिल पार्टीका आशा सिंह, मर्चवार गापाका उपाध्यक्ष मतदानमा अनुपस्थित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण