मायाखोलाको आईपीओ बाँडफाँट, करिब १० लाख आवेदकको हात खाली
बिहीबार, २६ माघ २०७९, ११ : ०७
काठमाडौँ । माया खोला जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले माघ १३ देखि १७ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो । आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँड भएको जानकारी दिएको हो ।
मायाखोला जलविद्युतले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित १९ लाख ९२ हजार कित्ता सेयर बिक्री खुलाएको थियो । उक्त आईपीओमा १४ लाखभन्दा धेरै आवेदकले आवेदन दिएका थिए । उनीहरुले १ करोड ६३ लाख ६ हजारभन्दा धेरै कित्ताको सेयर माग गरेका थिए ।
तर, कूल आवेदकमध्ये १२ लाख ७८ हजार जनाको आवेदन मात्रै स्वीकृत भएको थियो । यसमध्यबाट १ लाख ९९ हजार २०० आवेदकले प्रतिव्यक्ती १० कित्ताका दरले सेयर पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण