शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिज्नीमा ७ हजार मानिसको जागिर जाने, सिइओले बताए कारण

बिहीबार, २६ माघ २०७९, ११ : ५९
बिहीबार, २६ माघ २०७९

अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका सिइओ बब इगरले यो जानकारी दिएका छन् ।

डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामुखी बनाउन र ४५.५ बिलियन डलर (६० खर्ब १० अर्ब रुपैयाँ ) बचत गर्नका लागि यी कटौतीहरू गरिएको हो ।

बब इगर नोभेम्बरमा कम्पनीमा फर्किएका थिए । त्यसपछि उनले पहिलो ब्याचको वित्तीय नतिजा सार्वजनिक गरेका थिए । यस अनुसार सन् २०१९ मा डिज्नी प्लस लन्च भएदेखि नै यसको आम्दानीमा वृद्धि भए पनि यसका सब्सक्राइबर्समा भने कमी आएको छ ।

उनले भने, ‘हामीले कम्पनीलाई नयाँ आकार दिन खोज्दा खर्च कम हुनेमा हामी विश्वस्त छौँ । यसले हामीलाई स्ट्रिमिङ व्यवसायमा दिगो वृद्धि र लाभ प्रदतातर्फ लैजानेछ ।’

यो छाँटकाँट पछि, डिज्नीका कर्मचारीहरूको सङ्ख्या विश्वव्यापी रूपमा ३.६ प्रतिशतले घट्नेछ ।

सन् २०२२ को तेस्रो त्रैमासिकको वित्तीय नतिजा सार्वजनिक गर्दै कम्पनीको पुनर्संरचनाको घोषणा गरिएको हो ।

वित्तीय नतिजा अनुसार कम्पनीको आम्दानी आठ प्रतिशतले बढेर २३.५ अर्ब डलर भएको थियो र शुद्ध आम्दानी ११ प्रतिशतले बढेर १ अर्ब ३० करोड डलर पुगेको थियो ।

यसैबीच, डिज्नी प्लसको ग्राहक सङ्ख्या त्रैमासिकमा करिब २४ लाखले घटेर १६ करोड १८ लाख पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप