शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिमका मुख्यमन्त्रीको भाग्य फैसला हुँदै, नागरिक उन्मुक्तिको उपस्थित बिना बैठक सुरु

बिहीबार, २६ माघ २०७९, १६ : २६
बिहीबार, २६ माघ २०७९

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलको भाग्य फैसला गर्ने प्रदेश सभाको बैठक नागरिक उन्मुक्ति पार्टीको उपस्थित बिना सुरु भएको छ । 

अपह्वान ४ बजे सुरु भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो । 

बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् । सो प्रस्तावमाथि छलफल पछि सभामा मत विभाजन हुने छ । 

मुख्यमन्त्री नियुक्ति हुँदा नागरिक उन्मुक्तिको समेत समर्थन पाएका रावलले सो पार्टीको विश्वासको मत भने पाउने सम्भावना न्यून भएको छ । 

नागरिक उन्मुक्तिका सांसद काठमाडौंमा रहेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले एमालेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदको समर्थन पाएका थिए । 

संवैधानिक व्यवस्था अनुसार उनले एक महिनाभित्र वा बिहीबारसम्म विश्वासको मत लिनुपर्ने छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप