खेलकुद
साफ यू-२० : बङ्गलादेशसँग हारेसँगै नेपाल उपविजेतामा सीमित
बिहीबार, २६ माघ २०७९, २० : ०४
काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बगंलादेशसँग पराजित भएको छ ।
ढाकास्थित विर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बगंलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बगंलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ ।
बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।
चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण