बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धितो लिलामीको सूचना निकाल्दा बैंकले ऋणीको फोटो राख्न नपाइने

बिहीबार, २६ माघ २०७९, २१ : ३४
बिहीबार, २६ माघ २०७९

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि ऋणीको फोटोसहितको धितो लिलामी सूचना प्रकाशित गर्न नपाउने भएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै कर्जा असुली सम्बन्धी नयाँ व्यवस्था गरेको हो । 

उक्त व्यवस्था आगामी माघ २९ गते आइतबारदेखि कार्यान्वयनमा जाने समेत बैंकले जनाएको छ ।

'कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन', संशोधित निर्देशनमा उल्लेख गरिएको छ ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।

यदि भाखा नाघेको कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको खण्डमा भने कर्जाको धितो लिलामी प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरु जान पाउनेछन् । तर, अब भने यस्तो प्रक्रियामा जाँदा धितो लिलामीको ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गर्दा ऋणीको फोटो भने राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप