धितो लिलामीको सूचना निकाल्दा बैंकले ऋणीको फोटो राख्न नपाइने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि ऋणीको फोटोसहितको धितो लिलामी सूचना प्रकाशित गर्न नपाउने भएका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै कर्जा असुली सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।
उक्त व्यवस्था आगामी माघ २९ गते आइतबारदेखि कार्यान्वयनमा जाने समेत बैंकले जनाएको छ ।
'कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन', संशोधित निर्देशनमा उल्लेख गरिएको छ ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।
यदि भाखा नाघेको कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको खण्डमा भने कर्जाको धितो लिलामी प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरु जान पाउनेछन् । तर, अब भने यस्तो प्रक्रियामा जाँदा धितो लिलामीको ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गर्दा ऋणीको फोटो भने राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण