गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार र कारोबारमा वृद्धि
काठमाडौँ । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरूको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको छ । जसका कारण वैधानिक रूपमा कर तिर्ने व्यवसायीहरू मारमा परेका छन् भने राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ ।
विश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरू बैङ्किङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारणले व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् ।
यस समस्याका कारण व्यवसायीहरू मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भइरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घ र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन् ।
व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रूपमा लिई सरोकारवाला निकाय, सङ्घसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोवारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण