केन्द्रको सत्ता समीकरण जोगिन्छ : योगेश भट्टराई
शुक्रबार, २७ माघ २०७९, १६ : ३२
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो नभएको बताएका छन् ।
संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै उनले संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको पनि बताए । एमाले सचिव समेत रहेका भट्टराईले प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर नगर्ने पनि बताए ।
‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ’, भट्टराईको भनाइ छ ।
यद्यपि नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भएपनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण