बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रको सत्ता समीकरण जोगिन्छ : योगेश भट्टराई

शुक्रबार, २७ माघ २०७९, १६ : ३२
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो नभएको बताएका छन् । 

संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै  उनले संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको पनि बताए । एमाले सचिव समेत रहेका भट्टराईले प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर नगर्ने पनि बताए । 

‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ’, भट्टराईको भनाइ छ । 

यद्यपि नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भएपनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप