राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुमा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री मन्त्री तथा सांसदहरु लगायतलाई स्वागत मन्तब्य राख्ने, त्यसपछि सांस्कृतिक कार्यक्रम गर्ने र साँझ रात्रीभोज गर्ने कार्यतालिका रहेको छ ।

सो कार्यक्रममा सरकारका मन्त्रीहरु, संघीय संसदका दुबै सदनका सांसदहरु, संवैधानिक आयोगका पदाधिकारी लगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवत्ता लिलाकान्त पौडेलले रातोपाटीलाई जानकारी दिए । राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि देशमा ७ बर्ष राष्ट्रपतिको रुपमा भूमिका निभाएकी छिन् । आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । विदा हुने तरखरमा रहेकी भण्डारीले नवनिर्वाचित सांसदहरुका लागि रात्रीभोजको कार्यक्रम राखेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण