अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को निर्णायक खेलमा आज घाना र पानामा आमनेसामने हुँदै छन् ।
- इङ्गल्याण्ड र क्रोएसियालाई बलियो दावेदार मानिएको समूह 'एल' मा घाना र पानामाका लागि यो खेल अघिल्लो चरणको यात्रा तय गर्न 'गर या मर' को स्थितिमा छ ।
- यी दुई राष्ट्रबिच यसअघि कहिल्यै पनि प्रतिस्पर्धी खेल नभएकाले टोरोन्टोको मैदानमा आज एउटा नयाँ इतिहास लेखिनेछ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अत्यन्तै महत्त्वपूर्ण र निर्णायक मानिएको खेलमा आज घाना र पानामा आमनेसामने हुँदै छन् । क्यानडाको टोरोन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ४ः४५ बजे सुरु भएकाे हाे। समूहका दुई बलिया टोली इङ्गल्याण्ड र क्रोएसियाबिचको खेलमा इङ्गल्याण्डले ४–२ को जित निकालेर ३ अंक जोडिसकेको अवस्थामा, घाना र पानामाका लागि यो खेल अघिल्लो चरणको यात्रा तय गर्न ‘गर या मर’ को स्थितिमा रहेको छ ।
यस विश्वकपको सबैभन्दा कठिन मानिएको समूह ‘एल’ मा इङ्गल्याण्ड र क्रोएसियालाई बलियो दावेदार मानिएको छ । त्यसैले घाना र पानामा दुवैका लागि यो आपसी भिडन्त नै नकआउट चरणमा पुग्ने मुख्य आधार बन्न सक्छ । यस खेलमा जित हात पार्ने टोलीको सम्भावना जीवित रहनेछ भने पराजित हुने टोलीका लागि समूह चरणबाटै बाहिरिने खतरा बढ्नेछ । विशेष गरी पानामाका लागि यो खेल विश्वकप २०२६ मा आफ्नो अस्तित्व जोगाउने ‘लाइफलाइन’ जस्तै बनेको छ ।
घानाको सुरुवाती ११ मा गोलरक्षक एल. जिगी रहेका छन् भने रक्षापंक्तिमा मेन्सा, ओपोकु, एडजेटे र सेनाया रहेका छन् । मिडफिल्डको जिम्मेवारी यिरेन्की र ओवुसुले सम्हाल्दा आक्रामक मिडफिल्डमा सेमेन्यो, नुवामा र सुलेमाना रहेका छन् । टोलीको अग्रपङ्क्ति अनुभवी जोर्डन आयुले सम्हाल्नेछन् ।
अर्कोतर्फ पानामाको सुरुवाती ११ मा गोलरक्षक ओ. मोस्केरा छन् भने डिफेन्समा कोर्डोबा, एन्ड्राडे र रामोस रहेका छन् । मिडफिल्डमा ब्ल्याकम्यान, मार्टिनेज, हार्भे र मुरिलो रहेका छन् भने अग्रपंक्तिमा रोड्रिग्वेज, वाटरम्यान र बार्सनासले जिम्मेवारी पाएका छन् ।
हालैका प्रदर्शनलाई हेर्दा घानाले केही मैत्रीपूर्ण खेलमा हार व्यहोरेकाे छ भने पानामा उत्तर अमेरिका छनोटमा ८ खेलसम्म अपराजित रहँदै संगठित रक्षापंक्तिका साथ विश्वकप आइपुगेको हो । यी दुई राष्ट्रबिच यसअघि कहिल्यै पनि प्रतिस्पर्धी खेल नभएकाले टोरोन्टोको मैदानमा आज एउटा नयाँ इतिहास लेखिनेछ । दुवै टोलीले कुनै पनि हालतमा ३ अंक बटुल्ने रणनीतिका साथ मैदान प्रवेश गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण