आइतबार जिनियस कप यु–१२ फुटसल
शनिबार, २८ माघ २०७९, १७ : ५२
काठमाडौँ । जिनियस आइबि वर्ल्ड स्कुलको आयोजनामा दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका शिक्षा प्रमुख प्रदिप बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
शिक्षा प्रमुख वज्राचार्यले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शिक्षाकासाथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइ विद्यार्थीहरुको मनोबल उच्च बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो । एकदिने प्रतियोगिताका खेलहरु ललितपुरको लुभुस्थित आयोजकको आफ्नै पूर्वाधार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण