शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबार जिनियस कप यु–१२ फुटसल

शनिबार, २८ माघ २०७९, १७ : ५२
शनिबार, २८ माघ २०७९

काठमाडौँ । जिनियस आइबि वर्ल्ड स्कुलको आयोजनामा दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका शिक्षा प्रमुख प्रदिप बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

शिक्षा प्रमुख वज्राचार्यले खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शिक्षाकासाथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराइ विद्यार्थीहरुको मनोबल उच्च बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो । एकदिने प्रतियोगिताका खेलहरु ललितपुरको लुभुस्थित आयोजकको आफ्नै पूर्वाधार हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप