१५ सय मेगावाटको विद्युत् खरिद बिक्री सम्झौता खुला गर्ने निर्णयको इप्पानद्वारा स्वागत
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले १५ सय मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयको स्वागत गरेको छ ।
प्राधिकरणको २६ गते बसेको सञ्चालक समितिको बैठकले १५ सय मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको थियो ।
इप्पानले पीपीए खुला गर्ने कार्यमा विलम्ब भएको भए थप अन्योल हुने बताएका छ । जसले गर्दा ऊर्जालाई मुलुकको आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने सरकारको लक्ष्यमा गम्भीर बाधा उत्पन्न हुने जनाएको छ ।
इप्पानका अनुसार नेपाल विद्युत् प्राधिकरणमा २४० वटा परियोजनाहरूले ११७१६ मेगावाट बराबरको पीपीएका लागि आवेदन दिएका छन् । विगत चार वर्षदेखि आरओआर आयोजनाहरूको पीपीए ठप्प हुँदा नेपालमा ऊर्जा क्षेत्रमा लगानीको वातावरण छैन भन्ने देश, विदेशमा सन्देश हुन थालेको जनाएको छ ।
अहिले नेपालको कुल जडित क्षमता करिब २४३० मेगावाट रहेकोमा निजी क्षेत्रको योगदान १७०० मेगावाटभन्दा बढी रहेको एवम् ऊर्जा क्षेत्रमा निजी क्षेत्रको करिब १२ खर्ब लगानी रहेको इप्पानको भनाइ छ ।
गत वर्षायाममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरूको विद्युत् प्राधिकरणले विद्युत् खरिद नगरेको इप्पानले जनाएको छ । इप्पानका अनुसार जसबाट करिब २ अर्ब रुपैयाँ बराबरको विद्युत् खेर गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण