इप्पानले भन्यो–प्राधिकरणले विद्युत् खरिद नगर्दा २ अर्ब रुपैयाँको आर्थिक नोक्सानी भयो

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद नगर्दा २ अर्ब बराबरको विद्युत् खेर गएको बताएको छ ।
इप्पानले आइतबार विद्युत् प्राधिकरणले गत वर्षायाममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरूको विद्युत् खरिद नगरेको जनाएको हो ।
इप्पानका अनुसार त्यो समयमा करिब २२ सय मेगावाट मात्र प्रणालीमा जोडिएको थियो । चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट प्रणालीमा थपिएर करिब ३ हजार मेगावाट पुगेको इप्पानको भनाइ छ ।
प्राधिकरणका कारणले आगामी वर्षायाममा विद्युत् खेर जाने समस्या देखिएको इप्पानले जनाएको छ । इप्पानले यसलाई रोक्न सरकारले नयाँ ऐन जारी गरेर विद्युत् व्यापारको लागि निजी क्षेत्रलाई अनुमति दिन सरकारसँग माग गरेको छ ।
इप्पानले स्वतन्त्र ऊर्जा उत्पादकहरुले नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी स्थापना गरेर विद्युत् व्यापारको लागि तयारी अवस्थामा रहेको बताएको छ । उसले ऊर्जा बजार बिस्तारका लागि सरकार आक्रामक हुनुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह