चिकित्सकमाथि दुर्व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको उपचारको व्यवस्था गर्न र उक्त घटनाको छानबिन गरी चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।
यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेका थिए । आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्नसक्ने प्रभावबारे गम्भीर बन्नसमेत सरकारलाई आग्रह गरेको छ ।
चिकित्सकमाथि हातपात भएको घटनालाई लिएर चिकित्सकहरूले अस्पतालहरूमा उपचार सेवा बन्द गर्दा हजारौँ बिरामीहरू उपचार सेवाबाट वञ्चित हुनु परेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ । आयोगले प्रहरी अनुसन्धानका क्रममा गरिने स्वास्थ्य परीक्षण समयमै नगर्दा प्रमाण लोपसमेत हुन सक्ने र समयमै उपचार नहुँदा गम्भीर प्रकृतिका बिरामीका स्वास्थ्यसमेत जोखिममा पर्ने हुँदा स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द नगर्न चिकित्सकलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण