पाकिस्तानले पोलियो खोप अभियान सुरु गर्ने
इस्लामाबाद । पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा वाइल्ड पोलियोभाइरस पोजेटिभ देखिएपछि पाँचदिने पोलियो अभियान प्रारम्भ गरिएको मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यो अभियान उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तको दक्षिणी भागका सात स्थानीय जिल्लाहरू र पूर्वी पञ्जाब प्रान्तका दुई जिल्लाहरूसहित नौ जिल्लाहरूमा पूर्णरूपमा सुरु हुनेछ भने बाँकी ३० जिल्लामा आंशिक अभियान सञ्चालन गरी बालबालिकालाई खोप लगाइने जानकारी दिइएको छ ।
सन् २०२३ को पहिलो पोजेटिभ नमुना गत जनवरी १९ मा फेला परेको थियो । अनुसन्धानले सन् २०२२ नोभेम्बर मा अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पत्ता लागेको पोलियो भाइरससँग आनुवंशिक रूपमा मिल्दो देखाएको थियो ।
त्यसैगरी दोस्रो पोजेटिभ नमुना जनवरी २७ मा भेटिएको थियो जुन आनुवंशिक रूपमा दक्षिणी केपीमा फैलिएको भाइरससँग मिल्दो रहेको मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण