शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले पोलियो खोप अभियान सुरु गर्ने

आइतबार, २९ माघ २०७९, २२ : ०४
आइतबार, २९ माघ २०७९

इस्लामाबाद । पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने  स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा वाइल्ड पोलियोभाइरस पोजेटिभ देखिएपछि पाँचदिने पोलियो अभियान प्रारम्भ गरिएको मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यो अभियान उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तको दक्षिणी भागका सात स्थानीय जिल्लाहरू र पूर्वी पञ्जाब प्रान्तका दुई जिल्लाहरूसहित नौ जिल्लाहरूमा पूर्णरूपमा सुरु हुनेछ भने बाँकी ३० जिल्लामा आंशिक अभियान सञ्चालन गरी बालबालिकालाई खोप लगाइने जानकारी दिइएको छ ।

सन् २०२३ को पहिलो पोजेटिभ नमुना गत जनवरी १९ मा फेला परेको थियो । अनुसन्धानले  सन् २०२२ नोभेम्बर मा अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पत्ता लागेको पोलियो भाइरससँग आनुवंशिक रूपमा मिल्दो देखाएको थियो । 

त्यसैगरी दोस्रो पोजेटिभ नमुना जनवरी २७ मा भेटिएको थियो जुन आनुवंशिक रूपमा दक्षिणी केपीमा फैलिएको भाइरससँग मिल्दो रहेको मन्त्रालयले जनाएको छ ।  (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप