बार्सिलोनालाई ११ अंकको अग्रता
बार्सिलोना । भिल्लारियालमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ । खेलको १८ औँ मिनेटमा पेड्रीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
२६ पटकको लिग विजेताको यो लगातार छैटौँ जीत हो । पछिल्लोपटक डिसेम्बरमा रियल मड्रिडसँग पराजित भए यता ज्याभी हर्नान्डेजको टोलीले मात्र ७ गोल खाएको छ ।
साबिक विजेता रियल फिफा क्लब विश्वकपका लागि व्यस्त रहँदा बर्साले आफ्नो अग्रता अझै फराकिलो बनाउने अवसर पाएको हो । हालै क्लब विश्वकपको उपाधि जितेको रियल फेब्रुअरी १५ मा इल्चेसँग भिड्नेछ । २१ खेलबाट बार्साका ५६ अङ्क रहेको छ भने एक खेल कम खेलेको रियलको ४५ अङ्क छ ।
अन्य खेलमा एट्लेटिको मड्रिडल ेसेल्टा भिगोलाई १–० गोलले हरायो भने गेटाफे र रायो भायोकानो तथा रियल भालाडोलिड र ओसासुनाले बराबरीमा चित्त बुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण