शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
समाचार

बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण : झडपमा एक जना प्रहरी घाइते

सोमबार, ०१ फागुन २०७९, १४ : १४
सोमबार, ०१ फागुन २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिँदै गएको छ ।  मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको छ । 

यस्तै प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन गरिहरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?