रास्वपा केन्द्रीय समिति बैठक सुरु
सोमबार, ०१ फागुन २०७९, १५ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गरेका छन् । उनका अनुसार रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।
रास्वपामा अहिले २४ सदस्यीय केन्द्रीय कमिटी छ । रास्वपाले केन्द्रीय समिति बढाउने बुर्लाकोटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण